"अस्थिर मन"

 कराउने चरी,

  हराउने मन ।।


फूलको वासना,

  तिमी छैनौ साथमा ।।


बगिरहने नदी,

  कहिल्यै नरोकिने यो घडी ।।


बाटो छ जन्जीर,

  मन भयो अस्थिर ।।


बयान छ स्वर्गको,

  साधन छ कर्मको ।।


व्यथा छ धनको,

  आस्था छ धर्मको ।।


चम्किलो जून,

  सौन्दर्य जीवन ।।


मन्द छ गति,

  नसप्रिने भयो मति ।।

समाजप्रतिको मनोबैज्ञानिक सोच

 

समाजप्रतिको मनोबैज्ञानिक सोच 
सोच नं.१.
हामीलाई लाग्छकि समाज,दाजुभाइ आफन्त हरूले हामीलाई के दिएका छन् र ? खालि ईर्ष्या गर्छन् कुरो काट्छन् अझ यस्तो लाग्छ उनिहरूले  हाम्रो खेदो खन्न मात्र जानेका छन । हामिहरूलाई समस्या पर्दा रमाउने, खुसिहुनेत उनिहरूको   आदत  भईसक्यो ।
सोच नं.२.
त्यहि समाजलाई अर्को पाटोबाट  बुझ्दा हामीलाई कतिसम्म गर्वलाग्छ भने उनिहरू हाम्रो समाजमा नभईदिएको भए हामी अधुरो अनि एक्लो हुने थियौँ उनिहरूले हामीलाई धेरै सहयोग गरेका छन् । हाम्रो दु:ख,सु:ख मा साथ दिएका छन् ।कसैले गलत गर्न खोज्योभने सम्झाउने,सुधार उन्मुख समाज निर्माणमा जोड दिने गरेका छन्, केही परिहाल्यो भने प्रत्यक्ष सहयोगमा जुटीहाल्छन् यस्तोपो मेरो समाज, दाजुभाई, अनि आफन्त ।
सोच नं.३.
म आजसम्म जे जस्तो मान्छे बने म मेरै कारणलेत भए,मेरो सफलतामा मैले पायको दु:ख जति अरू कस्लेपो पायोहोला र? अरूत हेर्ने अनि रमाउने मात्र त हुन । दु:खलाईत एक्लैले पार लगाईयको हो । यस्मा कसैको साथ अनि सहयोग छैन ।......
सोच नं.४.
कसैको सफलतामा आफू सहभागी नहुदा ,अहो यस्तो खुसिको क्षणमा पनि म उपस्थित हुन सकिन,कति रमाईलो होला त्यो घर,त्यो परिवार,हामिजस्तै दु:ख कष्ट गर्दै आएका हुन, आज यो दिन आउनुमा उनको ठूलो योगदान छ। उनिले गरेको मेहनतलाई मैले फलो गरेर मैले पनि सफलता प्राप्त गरे ।आज उनी खुसि हुँदा म झन धेरै खुसि छु । अनि कसैलाई दु:ख पर्दा , यति पिडा हुन्छ मलाई म शब्दमा बयान गर्न सक्दिन । म धेरै दु:खि छु म जसरि हुन्छ सक्दो सहयोग गर्न तत्पर रहन्छु ।......
सोच नं.५.
यिनी हाम्रै मान्छे हुन, उनिहरूको काममा म मात्रै  आज नजाँदा खासै फरक नपर्ला किनकि अरू अरू आईहाल्छन नी किनकि यिनिहरूले मलाई खासै वास्ता पनित गर्दैनन् । फेरि पहिलो प्राथमिकता आफुलाई नैतहो दिनुपर्ने । आ. पछि हेरौंला ।
सोच नं.६.
अहो ! हामीलाई यत्रो दुःख पर्दा समेत देखिन पनि आयनहै त्यो ,कत्रो मान्छे बनेछ कम्सेकम एक कल फोनत गर्नुपर्छ ।  उसलाई पर्दा हामिले कति सहयोग गरेकाथियौं आज सबै बिर्सेछ । ठिकछ यसैबेलाहो मान्छे चिन्नी ।
यी माथि उल्लेखित सोचहरू अहिले हाम्रो समाजमा कुनैन कुनै रूपमा मेल खान जान्छ । आजको यो २१  अैा शताब्दीको युगमा आईपुग्दा समयसँगै हरेक कुराहरू परिवर्तन हुँदै गएका छन्  सोच नं. १ देखि ६ सम्म विश्लेषण गर्दा यो सबै समाजको प्रकृति हो , विशेषताहो,अनि यउटा मनोबैज्ञानिक सोच यात भ्रमहो । मानिस एक सामाजिक प्राणीहो समाजमा रहेर गरेका अनेक कामहरू उदाहरणीय हुन्छन् तर आज मान्छले नत बोलिलाई नियन्त्रण गर्न सकेको छ, नत व्यवहालाई। उसको कर्म केहो ? उ कसरी चल्नुपर्छ ? उसले कस कस्ले भनेको मान्नुपर्छ ? समाजमा उसको सहयोग  र योगदान कस्तो हुनुपर्छ ? के उ एक्लैले आफ्नो जीवन पुर्णरूपमा चलाउन सक्छत ? एक्लै हुँदा र समाजमा रहदाँको अन्तर कस्तो हुन्छ त्यो सबै मुल्यांकन हामी सबैले गर्न जरुरी छ । कर्मले मानिसलाई कहाँ कहाँ सम्म पुर्‍याउछ विश्वको जुनसुकै कुनामा रहेपनि सहयोग र सद्भाव सदा रहन जरुरी छ । हुनत समाजले हामिलाई सकारात्मक एवं नकारात्मक दुबै कुरा सिकाउँछ । एउटाको सफलतामाथि रिस गर्ने,अनि असफलतामाथि घृणागर्ने पनि समाजलेनै गरेका कैयौं उदाहरणहरू छन् ।
जर्ज अर्बेल को एउटा सान्दर्भिक भनाइ यहाँ राख्न चाहन्छु -समाज सत्य देखि जति टाढा जान्छ उति नै बढी यसले सत्य बोल्ने मानिसहरुलाई घृणा गर्न सुरु गर्दछ ।  समाजले एउटा संगठित संरचना प्रदान गर्छ जहाँ मानिसहरूले आ-आफ्ना जिम्मेवारीहरू निर्वाह गरेर साझा उद्देश्यलाई समर्थन गर्छन्। समाज मानव जीवनको एक अभिन्न अंग हो, जसले सामाजिक अनुशासन, परम्परा, संस्कार, र मूल्यहरूको विकासमा योगदान पुर्‍याउँछ।
समाजले व्यक्तिहरूलाई आ-आफ्नो जीवनलाई व्यवस्थित गर्न र सामाजिक सहयोग तथा परस्पर आदानप्रदानको माध्यमबाट आत्मनिर्भर बन्न प्रेरित गर्छ। समाजको मुख्य विशेषता नै सहअस्तित्व र समन्वय हो, जहाँ प्रत्येक व्यक्ति अन्य व्यक्तिहरूसँग अन्तरसम्बन्धित हुन्छ। यसले व्यक्तिहरूलाई सुरक्षित महसुस गराउँछ, मानसिक सन्तुलन कायम राख्न र एकअर्कामा निर्भर हुन सघाउँछ।
समाजलाई सुदृढ बनाउनका लागि एकता, विश्वास, र पारस्परिक सहयोग अनिवार्य मानिन्छ। समाजमा सकारात्मकता र सद्भाव कायम गर्न, एकले अर्काको विचारलाई सम्मान गर्नुपर्छ र भिन्नताहरूप्रति सहिष्णुता अपनाउनुपर्छ। परिवार, समुदाय, संस्कृति, धर्म, र परम्पराको संयुक्त प्रभावले समाजको रूपरेखा निर्माण गर्छ। यस्ता सामाजिक संरचनाले नै समाजलाई उन्नति र प्रगतितर्फ डोर्याउँछ।
समाज, त्यसका मूल्य, र संरचना समयसंगै परिमार्जित र परिवर्तन हुँदै जान्छन्। यसरी समाजले नै व्यक्तिहरूको व्यक्तिगत र सामूहिक जीवनलाई सन्तुलन प्रदान गरेर समाज र राष्ट्रको विकासलाई अगाडि बढाउँछ।
                                    
                                                   ✍️ रविन लामिछाने

मौनताले के गर्यो !!

 मौनताले के गर्यो !!

कथित क्रुर जहानिया शासन बिरूद्ध आयको प्रजातन्त्र पछिको शासन व्यवस्था पछि छायको मौनताले के गर्यो ?,

बेचिदा मेचि,महाकाली अनि बांधिएका तटबन्ध अनि राज्यको सुरक्षा व्यवस्था माथि छायको मौनताले के गर्यो ?,

दलविहीनको व्यवस्था,पञ्चायतको हालिमुहालि अनि राज्यको दर्दनाक अवस्था माथि छायको मौनताले के गर्यो ?,

अधिक दल, अधिक ईच्छा आकांक्षा अनि स्वतन्त्रताको व्यवस्था पछि पाएको धोका माथि छायको मौनताले के गर्यो ?,

युद्ध,जनयुद्ध,तङ्गभङ्ग संरचना अनि अनाहकमा नागरिकको लास माथि लास पछि पाएको व्यवस्था माथि छायको मौनताले के गर्यो ?,

बेरोजगार युवा शक्ति,वैदेशिक रोजगारको सिकार अनि प्रतिभा पलायनको भएङ्कर खतरा माथि छायको मौनताले के गर्यो ?,

बढ्दो भ्रष्टाचार,कु.संस्कारको विकास अनि गलत राजनीतिक अभ्यासले दिएको संदेशमाथि छायको मौनताले के गर्यो ?

कविता

    कविता 


शर्षिक : नियति   ✍ रविन लामिछाने



सुन्दर प्रकृतिको स्वच्छ लहरमा 

अनेकन डिभाइस फिँजायौ ।

मनुष्यकै तुच्छ व्यवहारवाट सारा जगत्ले 

अति कष्ट यो पायौ ।।


प्राकृतिक वायुदेखि अलग राखि

चेहरामा मास्क त्यो भिरायौ ।

कस्तो व्यथा अहो ! मनुष्य–मनुष्यविच

दुरी पैदा गरायौ ।।


अनेक कर्म गरी पेट पाल्ने जनको

गाँस रित्तो बनायौ ।

सर्वश्रेष्ठ प्राणिलाई पनी आज पिँजडामा

राखि मरेतुल्य गरायौ ।।


हेर आज कैँयौ मनुष्यले छोड्दैछन

श्वासको गति ।

लुछाचुँडीमै व्यस्त नायकहरुको 

कैले सुध्रिन्छ मति ?? ।।


लुछाचुँडीमै व्यस्त नायकहरुको 

कैले सुध्रिन्छ मति ??


समयको खेल By Rabin Lamichhane

                           समयको खेल

२०५५ सालको कुरा हो अशाढको महिना म ७ बर्षको पुगिसकेको थिए । बावु आज खेतमा जानुपर्छ है ! मुखमा चिलीमको ठुटो दुईहातले पकडेर स्वाईय... धुवाँ उडाँउदै बा (माईला वुवा) ले भन्नुभयो ।

म एकदमै एक्साइटेड हुँदै कम्तिमा दुइ हात माथि उफ्रेहोला, त्यो दिन म अझै पनि भुलेको छैन । हुन्छ जाम बरु फुपुको छोरा भाईलाई पनि सँगै लगम होई बा भनेर मैले रिक्वैस्ट गरे उँहाले हुन्छ भन्नुभयो । हामि तिनैजना खेत तिर लाग्यौ । हाम्रो छिमेकी दाइ भेट्टिनु भयो  उहाँपनि खेत तीर जानलाग्नु भएको रहेछ । बाले भन्नुभयो तिमिहरु बल्ल (गोरु) लिएर जाउ म बिस्तारै आउँछु भनेर बाले भनेअनुसार हामि तीनजना बल्ल अगाडी लगाएर खेत तीर लाग्यौ । खेत घरबाट करिब ६,७ किलोमिटर टाढा खोलाको छेउमा रहेको थियो । पहाडको बाटो भिरालो जमिन बाटोमा रहेका स.साना ढुङ्गा फाल्दै हिड्न थाल्यौं अलि तल भिरमा घाँस काट्दै गरेका दुइजना महिलाले हामिलाई बेस्सरी गाली गर्न थाले ! किन ढुङ्गा फालेको यँहा मान्छे घाँस काटीराको देखेनौ भन्दै .. धन्न उनिहरुलाई केहि भएको रहेनछ.. भाई डरले बेस्सरी कुदेर भित्तामा लुक्न पुगेछन् । ह्या काँ लुकेको जाउँहिड यस्तोत भईहाल्छ नी भन्दै बोलायर सबैजना त्यहाँबाट लाग्यौ । हामि खेतभन्दा वारी खोलाको नजिक आईसकेका थियौँ कतै ऐसेलु त कतै चुत्रा खाँदै । सायद, तारे बल्ल ले खेत पहिल्याईसकेछ की अब मलाई खेतमा लगेर जोताउँछन्  भनेर उस्ले अर्को बाटो बेस्सरी कुलेलम ठोक्यो । म र छिमेकी दाई कुदेर भेट्टाउने प्रयाश गर्याै तर म थाकिसकेको थिए । म त्यहि बसे दाईले कता कता खोजेर तारेलाई लिएर आउनु भयो । यो तारे बेमान छ भन्दै बाले लिएर जानुभयो । र दाई आफ्नो खेत तीर लाग्नुभयो । हामि दुईभाई खोलामा रम्न थाल्यौ अब खोला तर्नुपर्छ भनेर म लागे खोला अलि सानै थियो तै पनि हाम्रो लागि ठुलोनै मानिन्थ्यो । बल्ल तल्ल खोला तर्न सफल भईयो तर भाई बिचखोला बाटै कुलेलम ठोके हैट म तर्दिन यो खोला ! भाईको आवाज आयो किन डरायको आउ मैलेजस्तै तर सजिलो छ उ त्यो ढुङ्गामा टेक म पनि सहयोग गर्छु देउ हात भन्दै खोला जबरजस्ती पार गरीयो । आहा ! कती रमाईलो खेतको छेउमा कुलो बगेको खेतभरि धमिलो हिले माटो जता हेरेपनि पानिनै पानिले खेत डमक्क भरीएको कती आनन्द हामि त्यहाँ बहुत रमायौ । उता छिमेकी दाईले आफ्नो काम सकेर हामिकँहा आईसक्नुभयो । भाई हिड अब म तीमिहरुलाई घट्ट देखाईदिन्छु भनेर जुमालबाजेको घट्ट देखाउन लिनुभयो । कस्तो अचम्म है पानिले ढुङ्गालाई घुमायर टोकरीमा रहेको मकैलाई पिसेर पिठो बनाउने मत अचम्म मान्दै हेरेको हेर्यै भएछु । दाई आयर जाम अब घर भनेपछी हामि सबै घरतीर लाग्यौं ।

एकदिन बिहान सवाँ नौँ बजेको समयमा हामि घरबाट स्कुल जानलाई हिड्यौ.. मौसम पनि कस्तो मडारीएको बादल अनि घामले पनि स्थान पायको थिएन त्यो दीन । पुरै मलामिहरु बटोमा भेट्टिय सबै गाँउका मानिसहरु थिए । सबै निरास मुद्रामा केहीपनि बोलेका थिएनन् । के भएछ भन्दै एकदम गम्भिर रुपमा हेरीरहे । अनि बुवा÷ठुलाबुवाहरु पनि जानलागेको देखेर आज दिनेशको बै (हजुरआमा) बित्नुभयो हामिहरु मलामि जान्छौँ तिमिहरु स्कुल जाउ भन्नुभयो । के भएर बित्नुभयो अस्तीसम्म त घरमै यता उता गर्नुहुन्थ्यो, हामिलाई कतावाट आयौ भनेर सोधिरहनु हुन्थ्यो । मान्छे आखिर किन मर्छ ? अब उहाँ कैले फर्केर आउनुहुन्छ ? जस्ता कुराहरु मेरो मनमा खेलिरह्यो । मैले सबै कुरा हजुरआमा सँग सोध्थे उँहाले सबैकुरा प्रस्ट बताईदिनुहुन्थ्यो ।

एकदिन छिमेकि दाई र म स्कुल जानलाई हिड्यौ हामिले स्कुलटाईम पछि वा हापटाईममा खानको लगि भनेर एउटा सर्लक्क परेको हरियो काक्रो लिएका थियौँ अब त्यो काक्रो स्कुलमा लग्योभनेत साथिहरुले सबै खाईदिन्छन् अर्थात् स्कुलमा  खाने वातावरण नै छैन । दाईले उपाय लगाउनुभयो भाई स्कुल आउन लाग्यो यता हरियो लामो घाँस रैछ कसैले देख्दैन लुकायर जाम लेउ भन्नु भयो मैले ब्यागबाट निकालेर दीए उहाँले भनेअनुसार घाँसमा लुकायर  राख्नुभयो । हामि स्कुल तिर लाग्यौँ । हापछुट्टी भयो काक्रोखानलाई राखीएको ठाउँमा आयौँ दाईले भाई काक्रो त छैन भन्नुभयो मैले राम्रोसँग खोज्नु दाई त्यतैहोला घाँस जस्तै हरीयो हुन्छ भने तर अह् काक्रो फेला परेन हामि दुबैले खोज्यौँ भेटीएन । एकछिनपछि केशबदाई हामिनजिक आयर भाई कस्ले यहाँ दामि काक्रा लुकायर राखेको रैछ मैले भेट्टायर सबै खाइदेँ भन्नुभयो मलाई धेरै रिस उठ्यो किन खाकोत त्यसरी अर्काले लुकायर राखेको भनेर झर्किय यो त सिस्टमै भैसक्यो यहाँ धेरैले यस्तै गर्छन् भनेर जवाफ दिनुभयो । हुनपनि त्यो घाँसमा धेरैको काक्रा हरायको रेकर्ड छ ।

समय वित्दैगयो छिमेकि दाई बिरामि पर्नुभयो उहाँलाई ज्वरोले निकै च्याप्यो आज तीनदिन भैसकेको थियो । अहँ ज्वरो थामिएन । घर परिवार लगाएत छिमेकीले धामि बसाउनु पर्छ अनिमात्र ठिकहोला भन्न थाले धामि  बसायर ज्वरो ठिक पार्ने सबै तयारी पुरा हुन थाल्यो । मैले दाईसँग  खुसुक्क गएर  भने दाई औसधि ल्याम अली ठिक हुन्छकि उहाँले भन्नुभयो भाई मसँग औसधि किन्ने पैशा छैन अस्ती रोटी खानलाई मकै किनेको भएको पैशाजती सबै सकियो उफ् कस्तो आपत्.. भन्नुभयो । अब के गर्ने  ? औसधि किन्नलाई म सँगपनि त पैशा छैन फेरी औसधि भएन भनेत उहीँ दिनेश दाईको बई जस्तै गरेर सबैले लिन्छन्  मलाई धेरै तनाव भयो । मैले आमाले प्रयोग गर्ने झोला हेरे पाँच रुपैयाँ भेट्टियो यत्तीलेत औसधी आँउदैन फेरी वुवाको पाईन्ट हेरे अहँ भेटिन अनि सर्ट चेक गरे सर्टमा एकसय पचास रुपैयाँ थियो मैले पचास रुपैयाँ लिए र औसधी लिन कालाखेत लागेँ औसधि लीएर दाईलाइ दिए खानुभयो बेलुका धामी पनि बसाइयो दाई विस्तारै सन्चो हुदैँ जानुभयो ।

 बर्ष भरिमा पुरा काम गरेर पनी खान लाउनको यस्तो समस्या छ हामिलाई अब हामि यहाँबाट जान्छौँ बसाई सराई गरेर दाईले हाम्रो घरमा आएर भन्नुभयो बुवाले तँलाई  यहिँ हुदाँत यस्तो समस्या छ झन बसाई सरेर कहाँ जान्छौ ? त्यो समस्याको समाधान होईन जननी जन्म भुमिश्च स्वार्गादपि गरीयसी भनेर सम्झाउनु भयो तर दाईको कठोर मन त्यहाँबाटबसाई सर्ने निधो नै गर्नु गर्नुभयो । कहि समयपछि उहाँ बसाई सरेर तराई जानुभयो । उहाँ गैसकेपछि मलाईत गाँउनै सुनसान लाग्न् थाल्यो किन गए ति दाई कति राम्रा  थिए कति मिल्थे हामिसँग उनी बिरामि पर्दा औसधी दिने मान्छे म थिए मलाई छोडेर किन गए  ? लगाएतका विभिन्न कुरा मनमा खेले बेलुका खाना खान मन लागेन त्यो रात निद्रापनि परेन आमाले भनेको शब्दले मलाई झस्काई रह्यो – बिचरा ! खान लाउनको समस्याले बसाईनै सर्नुपर्याे जहाँ भएपनी खुसी रहुन् ।

धेरै वर्ष वित्यो अहँ उनि गाँउ फर्किएर पनि आयनन्  मेरो मनमा कौतुहलता सृजना भयो । उनि के गर्छन होला ? कहाँ छन होला ? धेरैपछि थाहा भयो बसाई सर्ने बित्तिकै उनको वुवा बिरामी परेछन्, उनलाई त्यहाँ बस्न ठुलो कस्ट परेछ त्यो घाम, अनि पसिना तर पनि अहँ उनले गाउँतीर फर्केर हेरेनन्  मन मनै भने कस्तो निश्ठुरी रैछन् । उनले विवाह गरेछन् यउटा बच्चा पनि भएछ । धेरै बर्ष पछि भेट भयो मैले सोधे दाजु हजुरले त  हामिलाइ  पुरै बिर्सिसक्नुभयो होला है ? त्यसो होईन भाई मलाई धेरै याद आउछँ त्यो गाँउको अनि साथीभाई झन तिमिसंगको संगत त मैले भुलेकै छैन । तर मलाई व्यभारले यस्तो बनायो भाई भनेर सम्झाउनु भयो । एक वर्ष भयो भाई वुवा बितेको यहाँ आयपछि धेरै विरामि हुनुभयो धेरै उपचार गरीयो तर बचाउन सकिएन ।

श्रीमती बितेको पनि दुई वर्ष भईसक्यो म सँग साथमा अईले यउटा छोरा छ नेपालगञ्जमा एउटा पाँच करोडको घर छ, आठ दश करोडको बिजनेश छ, पाँच करोड जति शेयर को पोर्टफोलीयो छ । म त्यहि बसिरहेको भए यो सम्भव थिएन मैले सुरुमा होटेल सफा गर्ने, नास्ता पसल हुदैँ साईकलको व्यापार थाले अहिले म सँग गाडिको शोरुम पनि छ तर के गर्नु नत मसँग वुवा रहनु भयो नत श्रीमती... मलाई जिन्दगी केहि हैन जस्तो लाग्छ भाई .. उहाँ भन्दै जानुभयो मलाई उहाँको कुरा सपना जस्तो लागिरहेको छ । एउटा औषधिको टिक्की नहुँने मान्छे अहिले आयर यत्रो बिजनेस म्यान उहाँ हास्दै.. यो सबै समयको खेल हो भाई उहाँले यत्ति भन्नुभयो ।


"अस्थिर मन"

 कराउने चरी,   हराउने मन ।। फूलको वासना,   तिमी छैनौ साथमा ।। बगिरहने नदी,   कहिल्यै नरोकिने यो घडी ।। बाटो छ जन्जीर,   मन भयो अस्थिर ।। बया...